वीरगन्ज :

बीरगन्जमा ६२औँ हप्ताको निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.0kViews
1074 Shares

बीरगन्ज,०३ साउन । सेवा नै धर्म भन्ने मूल मन्त्रका साथ बीरगन्ज समाजसेवाले आज शनिबार ६२औँ हप्ताको निःशुल्क भोजन वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। नारायणी अस्पताल परिसरमा बिहान १० बजेदेखि सुरु भएको यो अभियानले आर्थिक रूपमा कमजोर, असहाय, बिरामी तथा कुरुवाहरूलाई पोषिलो र शुद्ध खाना खुवाउँदै आएको छ।

कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष अशोक कुमार गुप्ताले हरेक हप्ताजसो ४५० देखि ५०० जनासम्मले यो सेवाबाट लाभ लिँदै आएको जानकारी दिए। उनले भने, “यो अभियान मानवीय सेवाको ज्वलन्त उदाहरण हो। इच्छुक सबैले सहभागिता जनाउन सक्ने व्यवस्था छ।”

आजको भोजनमा स्वादिलो दाल, भात, तरकारी र अचार समावेश गरिएको थियो। खाना वितरण गर्दा स्वच्छता, मर्यादा र व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो।

संस्थाका अनुसार प्रत्येक हप्ताको भोजन व्यवस्थापनमा झन्डै ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गर्छ। उक्त खर्च संस्थाका सदस्य तथा पदाधिकारीहरूको योगदानबाट जुटाइन्छ भने इच्छुक दाताहरूको पनि सहयोग प्राप्त हुने गर्छ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरू अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सरार्फ, तथा सदस्यहरू अभिलाष कुमार (प्रकाश) गुप्ता, मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू, र राधेश्याम गुप्ताको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *