२०८२ बैशाख ७, आइतबार

वीरगन्ज :
०५:२०:५१

बीरगन्जमा ५लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
3.0kViews
1243 Shares

बीरगन्ज,१० फागुन । स्रोत नखुलेको पाँच लाख रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। बीरगन्ज भन्सार नजिकै चेकजाँचका क्रममा सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक कन्हैया कुमार गुप्तालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ३४ वर्षीय गुप्ता भारत, बिहारको पूर्वी चम्पारण, रक्सौल निवासी हुन्। उनी बिआर २२ एच ५४२९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका थिए। प्रहरीका अनुसार उनको शरीरका विभिन्न भागमा लुकाइएको ठूलो परिमाणको नेपाली रुपैयाँ फेला परेको हो।

पक्राउ परेका गुप्तासँग फेला परेको नगद र सवारीसाधनको मूल्य करीब पाँच लाख रुपैयाँ रहेको सुरक्षास्रोतले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीले रकमको स्रोतबारे सोधपुछ गर्दै अनुसन्धान अघि बढाइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *