वीरगन्ज :

बीरगन्जमा २ सयभन्दा बढी युवा जनमत पार्टीमा प्रवेश

श्रेणी : मधेस

1 week
Pradeep Sah
1.7kViews
1888 Shares

बीरगन्ज,१४ माघ । जनमत पार्टीको युवा जनमत संघ पर्साले सोमबार बीरगन्जमा आयोजना गरेको विशेष कार्यक्रममा विभिन्न दल परित्याग गरेका २ सयभन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे ।

मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरूलाई माला, गम्छा, र टीका लगाई पार्टीमा स्वागत गरे ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य सिपु तिवारी, नेताहरू अनुराग द्विवेदी, माधव सिंह, नगर सचिव लोकेश कर्ण, महानगर युवा अध्यक्ष संजय सिंह र युवा नेता राजुराज गिरीको समेत उपस्थिति रहेको थियो।
पार्टीमा सहभागी युवाहरूले जनमत पार्टीमार्फत मधेस र युवाहरूको हकहितको लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *