वीरगन्ज :

बीरगन्जमा २०औं अडान दिवस भव्य रूपमा सम्पन्न

श्रेणी : मधेस

23 hours
Pradeep Sah
2.9kViews
1469 Shares

बीरगन्ज, २० साउन – नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साले आफ्नो २०औं स्थापना दिवस बीरगन्जमा उत्साहपूर्ण रूपमा मनाएको छ। दिवसको अवसरमा लेखापरीक्षकहरू र लेखा सहकर्मीहरूले सहभागिता जनाएको भव्य र्‍यालीले बीरगन्जको मुख्य सडकहरू घुमेपछि कार्यक्रम झनै आकर्षक बन्यो।

घण्टाघरबाट सुरु भएको र्‍याली आदर्शनगर, घडिअर्वा हुँदै माईस्थान परिक्रमा गर्दै पुनः घण्टाघरमा समापन भएको थियो। अडानको झण्डा र ब्यानरसहित नारा घन्काउँदै अगाडि बढेको र्‍यालीमा अडान पर्साका सदस्यहरूका साथै अन्य जिल्लाबाट आएका लेखापरीक्षकहरूको समेत उल्लेखनीय उपस्थिति थियो।

दिवसको औपचारिक कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार र डा. सन्तोष कुमार गुप्ताले अडानको इतिहास, उद्देश्य र लेखा व्यवसायमा यसको भूमिकाबारे बोले।

दिवसअन्तर्गत साउन ९ गते ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्वमा पनि अडानले हात बढाएको छ।

कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गरेका थिए भने मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्वअध्यक्ष प्रदुम्न प्रसाद सेढाई लगायतका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *