वीरगन्ज :

बीरगन्जमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.7kViews
1914 Shares

बीरगन्ज, २६ जेठ । सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज महानगरपालिकाको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ सोमबारदेखि बीरगन्जमा सुरु गरिएको छ। आगामी मनसुन र त्यससँग सम्बन्धित प्राकृतिक तथा मानवजन्य विपद् व्यवस्थापनमा स्थानीय युवाको सहभागिता सुनिश्चित गर्न २१ दिने यो तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए। उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, रेडक्रस सभापति बृजकिशोर पटेल, पत्रकार महासंघ पर्सा अध्यक्ष ओम प्रकाश खनाल, लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहका अनुसार तालिममा महानगरका ३२ वटै वडाबाट आएका ३० जना युवाले सहभागिता जनाएका छन्। उनीहरूलाई सैद्धान्तिक र व्यवहारिक दुवै किसिमको तालिम प्रदान गरिनेछ। सैद्धान्तिक कक्षा महानगरपालिकाको सभाहलमा सञ्चालन हुनेछ भने व्यवहारिक तालिम महानगरको वारुणयन्त्र महाशाखा, घडिअर्वा पोखरी र सशस्त्र प्रहरी गणको परिसरमा हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *