वीरगन्ज :

बीरगन्जमा शान्ति र सद्भाव फर्किँदै, जनजीवन सामान्य अवस्थामा फर्किने संकेत

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.8kViews
1689 Shares

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानगरमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच उत्पन्न तनाव अब क्रमशः नियन्त्रणमा आउँदैछ। पछिल्लो केही दिनको असहज वातावरण विभिन्न पक्षहरूको सक्रिय पहलपछि सामान्य बन्दै गएको हो।

शनिबारबाट सुरु भएको विवादका कारण नगर क्षेत्रमा अशान्ति फैलिएको थियो। तर, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्थाहरू, उद्योग वाणिज्य संघ, र ३२ वटै वडाका जनप्रतिनिधिहरूको सहकार्यबाट अहिले वातावरण सुधारोन्मुख छ।

बुधबार सम्पन्न सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न ठोस छलफल भयो। सोही बैठकपछि सबै पक्षले संयमता अपनाउन र शान्तिपूर्ण वातावरण बनाइराख्न आ–आफ्नो क्षेत्रबाट अपील गरेका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हालको अवस्था सामान्य हुँदै गएको जानकारी दिँदै नगरमा शान्ति सुरक्षाको बहालीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले गत चैत ३० गतेअघिको अवस्था फर्काउने प्रयास जारी रहेको र सोमबारदेखि लागू गरिएको जुलुस, प्रदर्शनलगायतका प्रतिबन्ध चाँडै हटाइने बताएका छन्।

शान्ति र सद्भावतर्फ उन्मुख बीरगन्ज को अवस्था फेरि सामान्य ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *