वीरगन्ज :

बीरगन्जमा व्यवस्थापनको अभावजस्ता गुनासाहरू नगर प्रमुखसम्म पुर्‍याएपछि, सिंहद्वारा राष्ट्रिय परिचयपत्र केन्द्रको अनुगमन

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1845 Shares

बीरगन्ज, २७ जेठ । बीरगन्ज महानगरपालिकामा रहेको राष्ट्रिय परिचयपत्र सेवाकेन्द्रमा देखिएको अव्यवस्था, लामो लाइन र गर्मीको समस्यापछि नगर प्रमुख राजेशमान सिंह आफै अनुगमनमा निस्किएका छन्।

सेवाग्राहीहरूले पालो तोडिने, चिनजानका आधारमा सिधै प्रवेश पाउने, र व्यवस्थापनको अभावजस्ता गुनासाहरू नगर प्रमुखसम्म पुर्‍याएपछि सिंह मंगलबार बिहानै सेवाकेन्द्र पुगेका थिए। उनले कार्यालयमा उपस्थित नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्या सुने र तुरुन्त सुधारको निर्देशन पनि दिएका छन्।

नगर प्रमुख सिंहले सेवाकेन्द्रका कर्मचारीलाई सेवाप्रवाहलाई मर्यादित, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिए। साथै, गर्मीको समस्या देखिँदा उनले सेवाग्राहीका लागि पंखा वा ‘कुलर’ जडान गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

“नागरिकलाई सम्मानपूर्वक सेवा दिनुपर्छ। अव्यवस्थित सेवा प्रणाली सह्य हुँदैन,” सिंहले भने, “महानगरपालिकाको दायित्व भनेको नागरिकलाई सहज, मर्यादित र समान पहुँचको सेवा दिनु हो।”

नगर प्रमुखको यस्तो सक्रियता र तत्काल कदमलाई सेवाग्राहीहरूले स्वागत गरेका छन्। उनीहरूलाई आशा छ कि अब राष्ट्रिय परिचयपत्र सेवामा सुधार हुनेछ र सेवा थप सहज र प्रभावकारी बन्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *