श्रेणी : मधेस
बीरगन्ज,२५ वैशाख । नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाले “मानवताको पक्षमा” भन्ने नाराका साथ विश्व रेडक्रस दिवस भव्य रूपमा मनाएको छ। सन् १८६३ मा रेडक्रस अभियान सुरु गरेका संस्थापक जा हेनरी ड्युनाको जन्मोत्सवको अवसरमा हरेक वर्ष विश्वभर विविध कार्यक्रम गरिँदै आएको हो।
कार्यक्रमको उद्घाटन शाखाका सभापति बृजकिशोर पटेलले झन्डा तोलन, दीप प्रज्वलन, टीका र फुलमालासहित गरेका थिए। उनले रेडक्रसको मानवीय सेवाको महत्वबारे प्रकाश पार्दै सबैलाई सहयोग र सेवाभावमा लाग्न आह्वान गरे।
कार्यक्रम सभापति पटेलको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन शाखा प्रमुख बिरशमसेर कुर्मीले गरेका थिए। महिला सदस्य मुना कुमारी खनालको विशेष उपस्थिति रहेको कार्यक्रममा रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, लक्ष्मी राउत, राजन श्रीवास्तव, मिना क्षेत्री, श्याम गुप्ता, उमेश गुप्ता, प्रदीप गुप्ता, हरिन्द्र साह, अमन गुरुवाचार्य, हरि राउत, राजु साह लगायतका स्वयंसेवक र समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया