वीरगन्ज :

बीरगन्जमा लिटिल टिथ एण्ड बियोन्ड क्लिनिकद्वारा निःशुल्क दाँत तथा मुख स्वास्थ्य शिविर

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.8kViews
1202 Shares

बीरगन्ज,०२ साउन । बीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित किड्स प्लानेट स्कुलमा आज निःशुल्क दाँत तथा मुख स्वास्थ्य शिविर सम्पन्न भएको छ।

केहि दिनअघि मात्र बीरगन्जमा सञ्चालनमा आएको बालबालिकाको दाँत र मुखसम्बन्धी उपचारमा केन्द्रित ‘लिटिल टिथ एण्ड बियोन्ड क्लिनिक’को आयोजनामा यो शिविर आयोजना गरिएको हो।

क्लिनिककी दन्तरोग विशेषज्ञ डा. सुरभी सिंहका अनुसार शिविरमा करिब १०० जना बालबालिका, शिक्षक, शिक्षिका र अभिभावकहरुले दाँतको निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

कार्यक्रममा स्कुलका संस्थापक प्राध्यापक डा. उमेश चौरसियाले यस्ता शिविरले बालबालिकालाई सानैदेखि दाँतसम्बन्धी समस्या र सरसफाईको महत्त्वबारे जानकारी दिने भएकाले यस प्रकारको निःशुल्क सेवा आयोजनामा क्लिनिकलाई धन्यवाद व्यक्त गरे।

डा. सुरभी सिंहले पनि यस्ता शिविर आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *