
श्रेणी : मधेस
1.9kViews
1190
Shares
बीरगन्ज,०८ चैत । लामखुट्टेको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न बीरगन्ज महानगरपालिकाले तिव्र कदम चालेको छ। महानगरले लामखुट्टे नाशक औषधि छर्कन र फगिङ गर्ने कार्यलाई तिव्र रुपमा सुरु गरेको छ।
बिहीबारबाट सुरु भएको यस अभियानमा अब साना गाडीहरूलाई पनि समावेश गरिएको छ, जसले हरेक सडक र गल्लीमा पुगेर औषधि छर्कने काम गरिरहेका छन्। यसले लामखुट्टेहरुको प्रकोपलाई रोक्न र नियन्त्रणमा ल्याउन मद्दत पुर्याउने विश्वास गरिएको छ।
महानगरका अनुसार, ठूलो गाडीबाट औषधि छर्कन कार्यको शुरुवातपछि अब साना गाडीहरूको उपयोगले प्रत्येक क्षेत्रमा पुगेर लामखुट्टे नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया