श्रेणी : खेलकुद
बीरगन्ज,२७ माघ । रोटरी क्लब अफ बीरगन्ज र रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा सम्पन्न ‘रोटरी मैत्री क्रिकेट प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष र महिलातर्फ विभिन्न क्लबका टोलीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
महिलातर्फ रोमाञ्चक फाइनलमा रोटरी क्लब अफ वीरगञ्जले २८ रनको अन्तरले रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसलाई पराजित गर्दै उपाधि जित्यो। प्रतियोगिताले महिलाहरूलाई खेलकुदमा थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
पुरुषतर्फ रोट्रयाक्ट क्लब अफ युनाइटेड बीरगन्जको संयुक्त टोलीले ७५ रनको फराकिलो जित निकाल्दै उत्कृष्ट प्रदर्शन गर्यो। अर्को खेलमा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले ८२ रनको फराकिलो अन्तरले जित दर्ता गर्यो।
समापन समारोहमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसका अध्यक्ष अनिल जैसवालले यस्ता प्रतियोगिताले क्लबहरूबीच आपसी समन्वय र भाइचारालाई मजबुत बनाउने बताए। विजेता टोलीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया