वीरगन्ज :

बीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न, ५१ जनाले गरे रक्तदान

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.5kViews
1045 Shares

बीरगन्ज,०७ असार । बीरगन्जको घण्टाघरस्थित रोयल पार्टी प्यालेसमा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक महिलासहित ५१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्।

नेपाल रेडक्रस सोसाइटी बीरगन्ज शाखाले हाल रक्त सञ्चार केन्द्रमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै निरन्तर रक्तदान अभियान चलाइरहेको छ। यसै क्रममा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम संयोजक बिक्की सर्राफका अनुसार, “यो कार्यक्रम सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण हो।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्जका सभापति बृजकिशोर पटेल, समाजसेवी राजन श्रीवास्तव, स्थानीय प्रतिनिधि तथा विभिन्न पेशाका व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एसपी गौतम मिश्रले “रक्तदान जस्तो मानवीय कार्य समाज रुपान्तरणको उदाहरणीय पहल हो” भन्दै स्वेच्छिक रगतदाताहरूप्रति आभार प्रकट गरे। साथै, उनले आयोजनामा संलग्न सम्पूर्ण टिमलाई सफल कार्यक्रमको लागि बधाई दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *