वीरगन्ज :

बीरगन्जमा मेलमिलापसम्बन्धी ८ दिवसीय तालिम सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.9kViews
1778 Shares

बीरगन्ज,१४ असार । बीरगन्ज महानगरपालिकाको न्यायिक समितिद्वारा आयोजित आठ दिवसीय (४८ घण्टे) मेलमिलापसम्बन्धी आधारभूत तालिम शनिबार सम्पन्न भएको छ। महानगरका विभिन्न वडाबाट सहभागिता जनाएका प्रशिक्षार्थीहरूका बीच तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

समापन कार्यक्रम उपप्रमुख एवं न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा न्यायिक समितिका सदस्य सर्जु महतो र बैजु स्वर्णकारको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख आलमले न्यायिक समितिले समुदायस्तरमै विवाद समाधानको संस्कृतिलाई प्रोत्साहन गर्दै आएको जानकारी दिए। “हाम्रो उद्देश्य अदालतमा लैजानुपर्ने साना विवादहरूलाई मेलमिलापमार्फत सहज र दिगो समाधान गर्नु हो,” उपप्रमुख आलमले भने। उनले समितिबाट हालसम्म मेलमिलापमार्फत समाधान गरिएका मुद्दाहरूको अनुभव पनि साझा गरे।

समापन अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उपप्रमुखका प्रेस सल्लाहकार मोहम्मद सदाबका अनुसार, तालिममा महिला र पुरुष दुवैको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *