
श्रेणी : मधेस
बीरगन्ज,२८ असार । मानव अधिकारको संरक्षण, संवर्द्धन र जनचेतना अभिवृद्धिका उद्देश्यले नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा बीरगन्जमा एकदिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार संगठनका पूर्व अध्यक्ष कमल मोहन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, र पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले मानव अधिकारको वर्तमान अवस्था, चुनौती, र संवेदनशील पक्षहरूबारे आफ्नो धारणा राखे।
उनीहरूले मानव अधिकारको संरक्षण, प्रेस स्वतन्त्रता, र कानुनी पहुँचका सवालमा समाजमा अझ धेरै सचेतना फैलाउनु पर्ने आवश्यकता औंल्याए।
नेपाल बार एसोसिएसन पर्साका कोषाध्यक्षले सहजीकरण गरेको कार्यक्रममा स्थानीय अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, र विद्यार्थीहरू सक्रिय रूपमा सहभागी भएका थिए।


प्रतिक्रिया