
श्रेणी : खेलकुद
बीरगन्ज, २१ चैत्र । मधेश खेलकुद परिसदको सदस्य सचिव शिव गुप्तालाई बिहिबार बीरगन्जमा सम्मानित गरिएको छ । बीरगन्जकाे पानीटंकीस्थित च्वाईस खबर अनलाइन कार्यालयमा सम्मानित गरिएको हाे ।
गुप्तालाई नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं बीरगन्ज ईन्चार्ज बिचारी यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र माई टेलिभिजनका संचालक शैलेश कुशवाहाले खादा लगाएर सम्मान गरेका छन् ।
गुप्तालाई मधेश प्रदेशको मन्त्रि परिषदले चैत्र १९ गते बसेको बैठकमा चार बर्षे कार्यकालको लागि मधेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो।
– Advertisement –
नेकपा एमाले पर्साका लेखा समितीका संयोजक समेत रहेका गुप्त खेलकुद महासंघका केन्द्रिय सचिव र मधेश प्रदेशका ईन्चार्जको जिम्मेवारीमा रहेका छन्।


प्रतिक्रिया