
श्रेणी : BANNER
जनकपुर, ३१ चैत्र । बीरगन्जमामा हनुमान जन्मोत्सवको शोभायात्रामा भएको हिंसात्मक घटनाको विरोधमा जनकपुरमा शनिबार राष्ट्रिय एकता अभियानले प्रदर्शन गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन्।
प्रदर्शनकारीहरूले जनकपुरको मुख्य चोकमा जम्मा भएर गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।
“दोषीलाई तुरुन्त गिरफ्तार गर”, “धार्मिक आक्रमण सहिँदैनौं”, “सर्वपक्षीय बैठकको नाटक बन्द गर” जस्ता नारा लगाउँदै प्रदर्शनकारीहरूले धार्मिक स्वतन्त्रतामाथिको आक्रमणलाई गम्भीर चुनौतीका रूपमा चित्रित गरे ।
राष्ट्रिय एकता अभियानका संयोजकहरूले भने, “यो कुनै सामान्य घटना होइन। यसले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पार्दछ। यदि दोषीहरूलाई कडा कारबाही भएन भने हाम्रो आन्दोलन थप चर्किनेछ।”
प्रदर्शनका क्रममा जनकपुर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । यता प्रशासनले घटनाको छानबिन अघि बढाइएको र दोषीलाई नछाडिने प्रतिवद्धता जनाएको छ ।
बीरगन्जमा हिजो हनुमान जयन्त्रको अवसरमा निकालिएको ¥यालीमाथि हिंसात्मक आक्रमण भएको घटनाले यतिबेला तहल्का मच्चाईरहेको छ ।


प्रतिक्रिया