बीरगन्ज,१७ चैत । बीरगन्जमा समाजसेवी तेज शमशेर जबराको नेतृत्वमा बालेन शाह नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै भव्य मोटरसाइकल र्याली निकालिएको छ। विकास, सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै सयौँ युवाहरूको सहभागितामा र्याली सम्पन्न भएको हो।
र्याली पावरहाउस चोकबाट सुरु भई घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा युवाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सरकारका हालका कामहरू सकारात्मक रहेको भन्दै समर्थनमा नाराबाजी गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै तेज शमशेर जबराले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सकारात्मक परिवर्तनका संकेत देखिन थालेको बताएका थिए। उनले राम्रो कामको खुलेर समर्थन गर्न सबैलाई आग्रह पनि गरे।
त्यस्तै कार्यक्रममा सहजीकरण गरेका जावेद इकबाल हैदरले युवाहरूको सक्रिय सहभागितालाई परिवर्तनको सकारात्मक संकेत भन्दै सरकारलाई विकास र समृद्धिको यात्रामा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया