
श्रेणी : मधेस
बीरगन्ज,२५ असार । बढ्दो गर्मी र रक्त अभावलाई मध्यनजर गर्दै नेसनल इन्फोटेक कलेज बीरगन्जले बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा २४ महिलासहित १६९ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमको उद्घाटन कलेजका सञ्चालक मनिष सिंह र काजल सिंहले रक्तदान गर्दै गरेका थिए। उद्घाटनका क्रममा रक्तदाताहरूलाई ब्लड कलेक्शन ब्याग हस्तान्तरण गर्दै सञ्चालकद्वयले नियमित रक्तदानले मानवता बलियो बनाउने र जीवन बचाउने सन्देश पनि दिएका थिए।
कार्यक्रममा सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कन्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, सुधिर पटेल, जितेन्द्र कुमार साह, जितेश पटेल, रोहित मण्डल, चन्दन महतो, शशी बरनवाल, आयुष शर्मा, राहुल कुमार गुप्ता लगायतले रक्तदान गर्दै मानवता प्रति योगदान दिएका थिए।
रक्तदान कार्यक्रममा बीरगन्ज कपडा बैंक अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतीश सिंह राजपूत, सामाजिक अभियन्ता दिवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, सञ्चारकर्मी अर्जुन चौधरी, अभिलाश गुप्ता, कलेज शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीयको सक्रिय सहभागिता रहेको थियो।
कलेजका सञ्चालक मनिष सिंहले बीरगन्जमा गर्मी बढेसँगै रगतको चरम अभाव देखिएको अवस्थामा कलेजले रक्तदान कार्यक्रम गरी रक्त अभाव पूर्ति र रक्तदानप्रति जनचेतना फैलाउने उद्देश्य राखेको बताए। उनले जात, धर्म र वर्गभन्दा माथि उठेर रक्तदानले मानवता बलियो बनाउने भएकाले नियमित रक्तदान गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा कलेजका एशिया निर्देशक सुधिर पटेलले प्रत्येक ३ महिनामा रगत नवीकरण हुने भएकाले नियमित रक्तदान गर्नाले शरीरमा नकारात्मक प्रभाव नपर्ने र समाजमा जीवन बचाउन सहयोग पुग्ने बताए।
रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र, बीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले सञ्चालन गरेको थियो।


प्रतिक्रिया