वीरगन्ज :

बीरगन्जमा नेपाल राष्ट्रियवाद संघको नगरपरिक्रमा, राष्ट्रिय एकताको सन्देश

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.8kViews
1395 Shares

बीरगन्ज, ७ चैत्र । नेपाल राष्ट्रियवाद संघ केन्द्रीय समितिको आयोजनामा बीरगन्जमा नगरपरिक्रमा जुलुस निकालिएको छ । संघका अध्यक्ष जनक साहका अनुसार, जुलुस घन्टाघरबाट सुरु भई माईस्थान हुँदै नगर परिक्रमा गरी पुनः घन्टाघरमै कोणसभासहित समापन गरिएको थियो ।

राष्ट्रिय एकता र स्वाभिमान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

सहभागीहरूले देशप्रेम, राष्ट्रियता र एकताको भावना सशक्त रूपमा अभिव्यक्त गर्दै प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *