वीरगन्ज :

बीरगन्जमा नेकपा एमालेद्वारा भव्य गणतन्त्र दिवस मनाइयो

श्रेणी : मधेस

1 day
Pradeep Sah
1.7kViews
1386 Shares

बीरगन्ज,१५ जेठ । १८औँ गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीले राष्ट्रिय गौरव र उल्लासका साथ विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य आकर्षण मोटरसाइकल र्‍याली तथा ऐतिहासिक घन्टाघरमा आयोजित सभासहितको समारोह रह्यो।

र्‍याली बीरगन्जको चिनी मिल गेटबाट सुरु भई महानगरका विभिन्न स्थानहरू परिक्रमा गर्दै घन्टाघरमा पुगेर सभामा परिणत भएको थियो। सभाको अध्यक्षता नेकपा एमाले वीरगंज महानगर अध्यक्ष नवराज शर्माले गरे भने, मधेश प्रदेशका उपाध्यक्ष तथा महानगर इञ्चार्ज बिचारी यादवले प्रमुख वक्ताका रूपमा सम्बोधन गरे।

यादवले एमालेको ऐतिहासिक योगदान स्मरण गर्दै भने, “संविधान निर्माणदेखि गणतन्त्रको स्थापनासम्म एमालेको भूमिकाले मुलुकको राजनीतिक दिशालाई मोड दिएको छ। आजको दिन त्यो संघर्ष र योगदानलाई पुनः स्मरण गर्ने दिन हो।”

कार्यक्रम सञ्चालन पार्टीका महानगर सचिव लियाकत अन्सारीले गरेका थिए। कार्यक्रममा एमालेका विभिन्न तहका पदाधिकारी, महिला तथा युवा संगठनका प्रतिनिधि र हजारौँ कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रमको दोस्रो चरणमा पार्टीका नेता तथा कार्यकर्ताहरू वीरगंजस्थित नारायणी अस्पताल पुगेका थिए, जहाँ उनीहरूले बिरामीहरूलाई फलफूल वितरण गर्दै सामाजिक उत्तरदायित्वको अभिव्यक्ति दिएका थिए। आयोजकहरूका अनुसार, मानवसेवा र सामाजिक समर्पणमार्फत गणतन्त्र दिवसको भावना अझ सजीव बनाउने उद्देश्य राखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *