वीरगन्ज :

बीरगन्जमा टाँगाको जथाभावी सञ्चालनले ट्राफिक व्यवस्थापनमा चुनौती

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.9kViews
1357 Shares

बीरगन्ज,०१ फागुन । पर्साको बीरगन्जमा घण्टाघर, बसपार्क, बिर्ताचोक लगायतका मुख्य बजार क्षेत्रमा टाँगाको जथाभावी सञ्चालन ट्राफिक व्यवस्थापनका लागि प्रमुख चुनौती बनेको छ।

सवारी दुर्घटना बढ्दो अवस्थामा छ।टाँगाबाट निस्कने घोडाको मलमूत्रले सडक दुर्गन्धित हुने समस्या छ।अत्यधिक ट्राफिक चाप हुने क्षेत्रमा टाँगा चलाउँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार टाँगा चालकलाई बसपार्कदेखि रजत जयन्ती चोक हुँदै मितेरी पुलसम्म मात्र अनुमति दिइएको छ। तर, मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापन थप अव्यवस्थित बनेको छ।

यस्तै, सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे ढालाचोकसम्म टाँगालाई प्रवेश अनुमति दिइएको छ। अन्य सवारी साधन शङ्कराचार्य गेट नजिकै रोकिए पनि टाँगाहरू भारतीय भूमिसम्मै पुग्ने भएकाले यात्रुहरूको प्राथमिकता टाँगामा बढेको देखिन्छ।

ट्राफिक व्यवस्थापन सहज बनाउन टाँगाको सञ्चालनलाई व्यवस्थित गर्ने नीति र नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *