वीरगन्ज :

बीरगन्जमा जसपा नेपालद्वारा खबरदारी सभा, परिसंघले संघर्षका कार्यक्रम सार्वजनिक

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.9kViews
1557 Shares

बीरगन्ज,०३ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले हालै गठन गरेको केन्द्रीय परिसंघको ब्यानरमा बीरगन्जमा शनिवार एक भव्य खबरदारी सभा सम्पन्न भएको छ। टाउन हलमा आयोजित उक्त कार्यक्रममा उत्पीडित र वञ्चित समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभाको उद्घाटन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। यादवले सभामा १३ पृष्ठको अवधारणा पत्र सार्वजनिक गर्दै, मुलुकभरिका दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायमाथि जारी असमानता, विभेद र शोषणविरुद्ध संयुक्त संघर्षको आवश्यकता औँल्याए।

३५ बुँदे अवधारणा पत्र सार्वजनिक
सभामा प्रस्तुत अवधारणा पत्रमा दलित, आदिवासी, थारु, पिछडावर्ग, मुस्लिम र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विभेद अन्त्य गर्न सशक्त अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकार प्रत्याभूति, सबै नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा जसपाका सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी सदस्य राजकुमार राई, परिसंघका अध्यक्ष चन्देश्वर पासवान, पूर्वमुख्यमन्त्री सरोज यादव लगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति थियो।

संयुक्त संघर्षको घोषणा
यादवले सम्बोधनमा भने, “देशको लोकतान्त्रिक रूपान्तरण अधुरो रहँदा उत्पीडित समुदाय अझै पनि न्याय र अधिकारबाट वञ्चित छन्। अब सबै उत्पीडित समुदायको संयुक्त संघर्षमार्फत समानता, स्वतन्त्रता र सामाजिक न्याय प्राप्ति सुनिश्चित गरिनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *