वीरगन्ज :

बीरगन्जमा ग्यारेजमा भीषण आगलागी, ६० लाख रुपैयाँ बराबरको क्षति

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.6kViews
1956 Shares

बीरगन्ज,१६ वैशाख । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१४ स्थित पिपरामठमा रहेको ‘बडी बिल्डर्स एण्ड रिपेयरिङ्ग सेन्टर’ नामक ग्यारेजमा भएको आगलागीमा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सन्दीप कुमार साहको स्वामित्वमा रहेको उक्त ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगोले वेल्डिङ मेसिन, टायर, मार्बलका पाता, गाडीका फाइबर तथा सिसा, ड्रिल मोटर, वेल्डिङ मोटर, मेथ मोटर, गाडीका सिट लगायत थुप्रै सामग्री जलेर नष्ट भएका छन्।

आगलागी नियन्त्रणका लागि श्रीपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, वीरगंज महानगरपालिकाका तीनवटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

– Advertisement –

घटनाबारे जानकारी दिँदै पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (DSP) किशोर लम्सालले ठूलो क्षति भए पनि जनधनको क्षति भने नभएको पुष्टि गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *