वीरगन्ज :

बीरगन्जमा खानेपानी आयोजनाको टेन्डर साउनमै, छ वटा आयोजनाको सुरुवात हुने : मन्त्री यादव

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.7kViews
1081 Shares

काठमाडौं,२६ जेठ । खानेपानी मन्त्री प्रदीप यादवले बीरगन्ज महानगरपालिका भित्रका नयाँ खानेपानी आयोजनाहरूको टेन्डर आउँदो साउन महिनाभित्रै गरिने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित एक विशेष छलफल कार्यक्रममा मन्त्री यादवले एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालन हुने योजनाहरूको कार्यान्वयनलाई अगाडि बढाउन प्राविधिक तथा वित्तीय छलफल अन्तिम चरणमा रहेको बताए।

“१२ वटा आयोजनामध्ये पहिलो चरणमा कम्तीमा ६ आयोजनाको काम तत्काल सुरु गर्ने तयारीमा छौं,” मन्त्री यादवले भने, “यसका लागि सबै सम्बन्धित निकायसँग सहकार्यलाई अझ मजबुत बनाइनेछ।”

छलफलमा सहभागी सरोकारवाला निकायहरूबीच साउन महिनाभित्रै टेन्डर आह्वान गर्न आवश्यक तयारी पूरा गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ। वीरगन्जका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको खानेपानी तथा ढल समस्या समाधान गर्न यस योजनाले ठोस पहल गर्ने विश्वास मन्त्री यादवले व्यक्त गरे।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, र विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले आयोजनाको सफल कार्यान्वयनका लागि साझा प्रयास र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *