बीरगन्ज, १४ फागुन । बीरगन्ज पावरहाउस नजिकै भारतीय नम्बरको कार र अटो एकआपसमा ठोक्किएर दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।
घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई भारतीय कार र विपरित दिशाबाट आईरहेको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो एक आपसमा ठोक्किदा अटोमा सवार दुईजना घाईते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिमा रहेको कार गलत दिशाबाट आईरहेको अटोसँग ठोक्किएको हो । अटोमा चारपाँच जना महिला सवार रहेका थिए । उनीहरु मध्य दुईजना घाईते भएका छन् । घाईतहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । कार चालक भने घटनापछी भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
फरार कार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया