वीरगन्ज :

बीरगन्जमा ओम विनायक ट्राभल्सका सञ्चालक अच्युत पौडेल सम्मानित

श्रेणी : मधेस

1 day
Pradeep Sah
1.7kViews
1829 Shares

बीरगन्ज, २९ चैत्र । ओम विनायक ट्राभल्सका सञ्चालक अच्युत पौडेलल समान्नित भएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले बीरगन्जमा आयोजित विशेष समारोहमा ओम विनायक ट्राभल्सका सञ्चालक अच्युत पौडेललाई सम्मान गरेको छ। टाटा मोटर्सका नेपालस्थित आधिकारिक वितरक सिप्रदीले पौडेलको लामो समयदेखिको योगदानको कदर गर्दै शुक्रबार बीरगन्जको बहुअरीस्थित प्राङ्गणमा सम्मान प्रदान गरेको हो।

साथै सोही अवसरमा ओम विनायक ट्राभल्सले टाटा कम्पनीका दुई अत्याधुनिक सुविधासहितका बसहरू सञ्चालनमा ल्याएको छ। टाटा एलपीओ १५१५/५५ बीएस–४ ब्रान्डका यी बसहरू विशेष आरामदायी र सुरक्षित रहेको कम्पनीको दाबी छ।

ओम विनायक ट्राभल्सले झण्डै पाँच दशकदेखि बस व्यवसायमा निरन्तर सेवा दिँदै आएको छ। हाल कम्पनीले कलैया–बीरगन्ज–काठमाडौँ र बीरगन्ज–नारायणघाट रुटमा नियमित सेवा दिँदै आएको छ।

शुभारम्भ कार्यक्रममा बारा क्षेत्र नं १ का सांसद अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख भीमकिरण बोगटीलगायत विशिष्ट अतिथिहरूले बेलुन उडाएर बसहरूको औपचारिक शुभारम्भ गरेका थिए।

सञ्चालक अच्युत पौडेलका अनुसार, नयाँ बसहरू मधेस प्रदेशमा सञ्चालनमा रहेका बसहरूमध्ये सबैभन्दा आरामदायी र यात्रु मैत्री छन्। “यात्रुको सुविधा र सुरक्षामा हामीले कुनै सम्झौता गरेका छैनौं,” उनले भने।

यी ३५ सिट क्षमताका बसहरूमा दुई बाइ दुई मोटराइज्ड सिट, सिट बेल्ट, यूएसबी चार्जर, रिडिङ लाइट, कप होल्डर, आर्मरेस्ट, एलईडी डिस्प्ले, सामान राख्ने डिक्की र सेन्ट्रलाइज्ड एसी जस्ता सुविधाहरू छन्।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक कृष्ण चन्द, पत्रकार महासङ्घका पदाधिकारी तथा पत्रकारहरू र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *