वीरगन्ज :

बीरगन्जमा एक जना किशोरीमाथि पटक–पटक बलात्कार, गर्भवती भएपछि बाहिरियो घटना

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.2kViews
1983 Shares

बीरगन्ज,१४ चैत । बीरगन्जमा एक जना किशोरीमाथि पटक–पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । पीडित किशोरी बलात्कारका कारण गर्भवती भएको र उनको गर्भ १० हप्ताको भएको तथ्य पनि बाहिर आएको छ ।
प्रहरीका अनुसार पीडकले किशोरीलाई पानीमा नशालु पदार्थ मिसाएर मानसिक रूपमा सुस्त बनाई पटक–पटक बलात्कार गरेको खुलेको छ ।

पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफू पीडकको घरमा पढ्न जाँदा यस्तो अमानवीय व्यवहारको सिकार भएको बताएकी छन् । पीडकले उनलाई पानीमा नशालु पदार्थ मिसाएर बेहोस बनाउने र त्यसपछि बलात्कार गर्ने गरेको किशोरीको बयान छ ।किशोरीका अनुसार, पीडकले आफूलाई ज्यान मार्ने धम्की दिने गरेको र घटना बाहिर ल्याए बेइज्जत गराइदिने धम्की दिँदै नियमित रूपमा यौन शोषण गर्ने गरेका थिए । पीडित किशोरी पीडककी छोरीकी साथी भएको र सोही नाताले उनको घरमा आउजाउ गर्ने क्रममा अपराधको सिकार बनेकी हुन् ।

पीडकको नाम शेख मोहम्मद अनवर रहेको प्रहरीले जनाएको छ । ५२ वर्षीय अनवर बीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका स्थायी बासिन्दा हुन् । हाल उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीमा बस्दै आएका थिए ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रले पीडित किशोरीले दिएको जाहेरीका आधारमा आरोपी अनवरलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनले भने, “हामीले पीडितको बयान र जाहेरीका आधारमा आरोपीविरुद्ध अनुसन्धान सुरु गरेका छौँ । उनलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।” प्रहरीले घटनालाई जबरजस्ती करणीको मुद्दाको रूपमा दर्ता गरेको छ।

पीडित किशोरी हाल प्रहरीको संरक्षणमा छिन् । उनको स्वास्थ्य परीक्षणका लागि प्रहरीले तत्काल कदम चालेको छ भने आवश्यक कानुनी र मानसिक परामर्श पनि प्रदान गरिरहेको छ । गर्भ १० हप्ताको अवस्थामा रहेकी किशोरीको शारीरिक र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ ।

घटनाले बीरगन्ज क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । स्थानीय बासिन्दाहरूले यस्तो जघन्य अपराधको कडा भन्दा कडा सजायको माग गरेका छन् । किशोरीको संरक्षण र न्यायका लागि आवाज उठ्न थालेको छ । घटना समाजमा लुकेर रहेको अपराधको एउटा डरलाग्दो उदाहरण बनेको छ । प्रहरीले मुद्दालाई गम्भीरतापूर्वक लिएको र पीडकलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता रहेको एसपी मिश्रले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *