वीरगन्ज :

बीरगन्जमा ‘एक घर, एक रक्तदाता’ भन्ने नारालाई केन्द्रमा राखि गौतम समाज कल्याण संस्था द्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४५ जनाले गरे रक्तदान

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1842 Shares

बीरगन्ज,०३ साउन । रक्त अभावका कारण उपचारमा समस्या झेलिरहेका बिरामीहरूलाई मद्दत गर्ने उद्देश्यले वीरगन्जमा शनिबार एक वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा आयोजना गरिएको यस कार्यक्रममा ‘एक घर, एक रक्तदाता’ भन्ने नारालाई केन्द्रमा राखिएको थियो।

गौतम माध्यमिक विद्यालयको जुनियर विंगमा सम्पन्न उक्त कार्यक्रममा समाजमा नियमित रक्तदानको आवश्यकता र त्यसको प्रभावबारे जनचेतना जगाउने उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा विद्यालयकी म्यानेजिङ डाइरेक्टर प्रीया परिक्षा लामा प्रमुख अतिथि थिइन् भने नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए। कार्यक्रममा सहभागी ४५ रक्तदातामध्ये १५ जना महिला थिए, जसमा स्वयं प्रीया परिक्षा लामासहित रुक्मिणी चौधरी, देव सरन चौधरी थारु, उमाशंकर प्रसाद कुश्वाहा, देवराज न्यौपाने, अर्विन्द कुमार चौधरी, प्रभाकर गुप्ता, निरज गुप्ता, बेदानन्द ठाकुर लगायत उल्लेखनीय सहभागिता देखिएको थियो।

रक्तसञ्चार केन्द्र बीरगन्जका प्रमुख सौरभ राज पाण्डेले कार्यक्रममा रक्तको नियमित अभावले धेरै बिरामीहरू समयमै उपचार पाउन नसक्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “यदि हरेक घरबाट कम्तीमा एक जना रक्तदाता बन्ने संस्कार बसाल्न सक्यौं भने यो ठूलो सामाजिक परिवर्तन हुनेछ।”

कार्यक्रमलाई सफल बनाउन रक्तसञ्चार केन्द्रका सौरभ राज पाण्डे, राजन श्रीवास्तव, जितेन्द्र कुश्वाहा, विवेक यादव र नितेश साह सक्रिय थिए। त्यस्तै, गौतम स्कुलका शिक्षक गणेश क्षेत्री, रमेश शर्मा , ललित कर्ण र सौराज प्रधानको पनि विशेष सहयोग रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *