
श्रेणी : BANNER
बीरगन्ज, ६ वैशाख । बीरगन्ज युवा तथा व्यापारी सडक पीडित संर्घष समितिले सडक आन्दोलनमा रहेका शिक्षकहरुको मागलाई राज्यले अपहेलना गरेको आरोप लगाएका छन् ।बीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको नेतृत्वमा जारी आन्दोलन १८ औं दिनमा प्रवेश गरिसकेको छ। आन्दोलनरत शिक्षकहरूले आफूहरू राज्यद्वारा वेवास्ता गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो गरेका छन्।
“हामीमध्ये धेरैले I.A र B.A सम्मको शिक्षा प्राप्त गरी लोकसेवा पास गरेर सरकारी सेवा गरिरहेका छौं,” “तर राज्य भने आठ कक्षा मात्र पास गरेका व्यक्तिहरूलाई जिम्मेवारी दिँदै हामीलाई बेवास्ता गर्छ।” समितिले फेसबुक स्टाटस्मा लेखेका छन् ।
आन्दोलनमा सहभागी व्यवसायी र युवाहरूले पनि आफूहरूको जायज मागलाई राज्यले अपहेलना गरेको बताएका छन्। समितिका अनुसार सडक विस्तार, मुआब्जा, र वैकल्पिक व्यवस्थाको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरे पनि न राज्यले चासो देखाएको छ, न मिडिया नै बोलिरहेको छ।
“हाम्रो आवाज राज्य र सञ्चारमाध्यम दुबैले सुनिरहेका छैनन्,” “मिडियाले पनि हामीलाई बेवास्ता गरेर अन्यायलाई छोप्ने काम गरिरहेको संघर्ष समितिकाे आरोप छ।”
संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट समेत पारेको छ ।

प्रतिक्रिया