वीरगन्ज :

बीरगन्जमा आजपाले भ्रष्टाचारविरुद्ध खबरदारी सभाको आयोजना गर्दै

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.6kViews
1779 Shares

बीरगन्ज,१८ पुस । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारविरुद्ध बीरगन्जमा प्रदर्शन र खबरदारी सभाको आयोजना गर्दै बीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न माग गरेको छ। मधेसमा भ्रष्टाचारविरोधी जागरण अभियान चलाउँदै आएको आजपाले वीरगञ्जलाई अभियानको मुख्य केन्द्रबिन्दु बनाएको हो।

पर्सा जिल्ला कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सभा आयोजना गर्न लागिएको जानकारी दिए। सभामा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आजपाका महासचिव त्रिभुवन साह अमरले संघीय संरचना लागू हुनु अघि वीरगञ्जलाई राजधानी बनाउने प्रतिवद्धता झुटो साबित भएको बताए। “प्रदेशको राजधानी बनाउन वीरगञ्जलाई प्राथमिकता दिने भनिए पनि षड्यन्त्र गरियो। अब आर्थिक राजधानीको विषयमा पनि अन्याय गरिँदैछ,” उनले भने।

मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले करका नाममा मनोमानी गरिरहेको आरोप लगाए। उनले वैदेशिक रोजगारीमा हुने ठगी, भन्सारमा हुने लुटपाट, र दलाल प्रवृत्तिको अन्त्यको माग गर्दै सरकारको आर्थिक नीति प्रति असन्तोष व्यक्त गरे।

आजपाले भ्रष्टाचार, अत्यधिक कर आतङ्क, भन्सार कानुनमा हुने लुटपाट, र वैदेशिक रोजगारमा ठगीका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ। पार्टीले दलालतन्त्रको अन्त्य र देशको आर्थिक समृद्धिका लागि निर्णायक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

आजपाको यो अभियानले न केवल भ्रष्टाचारविरोधी चेतना जगाउने प्रयास गरेको छ, तर वीरगञ्जलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्ने विषयलाई राष्ट्रिय बहसमा ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *