वीरगन्ज :

बीरगन्जमा अस्पताल र क्लिनिक बन्द गरेर चिकित्सकहरू आन्दोलनमा

श्रेणी : BANNER

6 hours
Pradeep Sah
3.0kViews
1192 Shares

बीरगन्ज,१२ वैशाख । बीरगन्जका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरू आज शुक्रबार बन्द रहेका छन्। आकस्मिक सेवा बाहेक सबै प्रकारका उपचार सेवा ठप्प छन्।

नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्। नारायणी अस्पतालदेखि निजी अस्पताल र मेडिकल कलेजसम्मको नियमित सेवा आज प्रभावित भएको छ। साथै, डाक्टरहरूले सञ्चालन गर्दै आएका निजी क्लिनिकहरू पनि बन्द गरिएका छन्।

नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. निरज सिंहका अनुसार, आन्दोलनमा उत्रिएका चिकित्सकहरू आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय बीरगन्जमा धर्नामा बस्ने कार्यक्रम तय भएको छ।

आवासीय चिकित्सकहरूले अहिलेसम्म निर्वाह भत्ता नपाएको, साथै विभिन्न ठाउँबाट धम्की आइरहेको गुनासो गर्दै संघले दबाब दिन आन्दोलन थालेको हो। संघले माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *