वीरगन्ज :

बीरगन्जबाट १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.6kViews
1147 Shares

बीरगन्ज,०५ फागुन । बीरगन्जबाट पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले भारतीय नागरिकलाई बीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला थाना रक्सौल वडा नम्बर १७ निवासी नेहाल कुमार रहेका छन् ।

उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई शंका लागेर जाँच गरेको थियो । सोही क्रममा उनको साथबाट स्रोत नखुलेको रकम बरमद भएको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *