
श्रेणी : मधेस
बीरगन्ज,०७ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बीरगन्जस्थित मानवसेवा आश्रमको आज बिहान अवलोकन गरेका छन्। अवलोकनका क्रममा मुख्यमन्त्री सिंहले आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकहरूका लागि गरेको सेवा कार्यलाई समाजमा मानवीयता र समर्पणको अद्वितीय उदाहरणको रूपमा प्रशंसा गरे।
उनले आश्रममा आवद्ध समर्पित टोलीको काम, व्यवस्थापन र सेवा भावप्रति गहिरो सम्मान प्रकट गर्दै भने,
“यस्ता संस्थासँग सहकार्य गरेर प्रदेश सरकारले सामाजिक सेवा र मानव कल्याणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछ।”
मुख्यमन्त्री सिंहसँगै अवलोकन भ्रमणमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतका विशिष्ट व्यक्ति सहभागी थिए।
मुख्यमन्त्रीले संस्था सञ्चालनमा देखिएको सेवा भावना, व्यवस्थापनमा देखिएको पारदर्शिता र समर्पणप्रति उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारले यस्ता प्रयासहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याए।


प्रतिक्रिया