वीरगन्ज :

बीरगन्जको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन पहल, मेयर सिंहको संघीय सरकारलाई आग्रह

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.0kViews
1748 Shares

बीरगन्ज,१७ वैशाख । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारसँग शहरको दीर्घकालीन खानेपानी समस्याको समाधानका लागि गम्भीर पहल गर्न आग्रह गरेका छन्।

मंगलबार खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवसँग मन्त्रालयमा भेट गर्दै मेयर सिंहले गर्मी सुरु भएसँगै चापकल सुक्न थालेको र यसले आम नागरिकलाई खानेपानीको गम्भीर संकट झेल्न बाध्य बनाएको बताएका थिए। उनले वीरगन्जका धेरै टोलहरू अझै पनि ओभरहेड ट्यांकीको पाइपलाइन सञ्जालबाहिर रहेको बताउँदै ती क्षेत्रमा तत्काल पाइप विस्तार आवश्यक रहेकोमा जोड दिए।

मन्त्री यादवले नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको बोर्ड बैठकमा बीरगन्जको समस्या प्राथमिकताका साथ उठाइने र आवश्यक निर्णय लिइने आश्वासन दिएका छन्। साथै, उनले बीरगन्जमा खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि एसियाली विकास बैंक (ADB) को लगानीमा करिब ४५ करोड रुपैयाँ बराबरको योजना चाँडै कार्यान्वयन हुने जानकारी पनि दिएका छन्।

यो पहलसँगै वीरगन्जवासीलाई दीर्घकालीन रुपमा स्वच्छ पानी उपलब्ध गराउने बाटो खुलेको स्थानीयवासीको अपेक्षा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *