
श्रेणी : अन्तर्राष्ट्रिय
1.7kViews
1361
Shares
बीरगन्ज, २७ चैत । आज जापानी टोलीले बीरगन्जको पहिचानका रूपमा रहेको ऐतिहासिक सम्पदा घण्टाघरको अनुगमन गरेको छ।
सहरको केन्द्रमा अवस्थित यस घण्टाघरको एक साइडको भाग भत्किएर झरेपछि आवागमनमा समस्या उत्पन्न भएको थियो। यस अवस्थाको स्थलगत निरीक्षण गर्न जापानबाट आएको टोलीले संरचनाको अवस्था र सम्भावित सुधारका उपायबारे जानकारी लिएको हो ।
स्थानीय प्रशासनले यो ऐतिहासिक सम्पदाको संरक्षणमा चासो देखाउँदै आवश्यक मर्मत र पुनःनिर्माणका पहलहरू अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया