वीरगन्ज :

बीरगन्जका सम्पूर्ण विद्यालयहरू ६ दिनका लागि बन्द

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.5kViews
1248 Shares

बीरगन्ज,३१ जेठ । उकालो लाग्दो तापक्रमका कारण विद्यार्थीहरूमा पर्न सक्ने स्वास्थ्य असरलाई मध्यनजर गर्दै बीरगन्ज महानगरपालिकाले सामुदायिक र निजी विद्यालयहरू आगामी ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले एक सार्वजनिक सूचना जारी गर्दै असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म पठनपाठन स्थगित हुने जानकारी दिएका हुन्।
यो बिदा वर्षे बिदाबाट समायोजन गरिनेछ।

निर्णय अनुसार मन्टेश्वरीदेखि माध्यमिक तहसम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
यद्यपि, बिदाको अवधिमा विद्यालय प्रशासन भने खुला राख्नुपर्नेछ ताकि प्रशासनिक कार्यहरू आवश्यक रूपमा निरन्तर रहन सकून्।

बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा जोखिम देखिएको भन्दै यस निर्णयलाई पूर्वसावधानीका रूपमा लिइएको महानगरले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *