
श्रेणी : BANNER
वीरगन्ज,१४ चैत्र । वीरगन्ज युवा तथा व्यापारी सडक पिडीत संघर्ष समितिले घोषण गरेको वीरगन्ज बजार बन्द प्रभाव आंशिक्षक रुपमा परेको छ ।
सडक विस्तार कार्य अबैज्ञानिक भएको भन्दै उनीहरुले बिरोध गर्दै आएको छ । सघर्ष समितिले सर्वोच्च अदालतमा दिएको रिट खारेजी भएसँगै वीरगन्जको सडक बिस्तार कार्य छिटै अगाडी बढाइने सडक डिभिजन कार्यालयले स्पष्ट गरेसँगै सघर्ष समिति पनि बिरोधमा उत्रिएको छ ।
बिरोध कार्यक्रम स्परुप आज बिहानैदेखि १२ बजे सम्मका लागि बजार बन्द अह्वान गरिएको थियो । सडक २५÷२५ मिटर तोडेको खण्डमा वीरगंजको ऐतिहासिक बिरासत नै गुम्ने भन्दै उनीहरुले सो कार्यको बिरोध गर्दै आएका छन् । वीरगन्ज महानगरपालिका वडा नं. ९ का अध्यक्ष समेत रहेका सघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले सरकारले मागलाई व्यवस्था गरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
पहिलो चरणमा सडम डिभिजन कार्यालयले सडकको नापीको जिम्मा नापी कार्यालय पर्साले दिएको छ । तोडने संरचनाहरुको नाप तथा नक्साकंन कार्य सकिएपछि थप कार्य अगाडी बढाउने सडक डिभिजन कार्यालयले जनाएको छ ।
यसै बिच नेताहरु वीरगन्ज फराकिलो गर्ने नगर्ने वारे मतान्तर देखिएको छ ।

प्रतिक्रिया