वीरगन्ज :

बीरगन्जका व्यवसायी दीनानाथ गुप्ता र घिरेन्द्र पटेल जनमत पार्टीमा प्रवेश

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1668 Shares

बीरगन्ज,१८ भदाै । पर्सा जिल्लाका सामाजिक र व्यवसायिक रूपमा परिचित व्यक्तित्वहरू दीनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल जनमत पार्टीमा प्रवेश गरेका छन्। राजधानीको मध्य–बानेश्वरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतबाट औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरे।

पार्टी प्रवेशलाई जनमत पार्टीले उत्साहजनक र ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। गुप्ता र पटेल दुवैजना बीरगन्जको सामाजिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली अनुहार मानिन्छन्। उनीहरूको पार्टीमा आबद्धताले पर्सा जिल्लामा जनमत पार्टीको संगठनात्मक उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ।

समारोहमा बोल्दै जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सराफले भने, “गुप्ता र पटेलजस्ता व्यक्तित्वहरूको आगमनले पार्टीलाई थप ऊर्जा र गतिशीलता प्राप्त हुनेछ। यो हाम्रो लागि गौरवको क्षण हो।”

पार्टीका राष्ट्रिय प्रवक्ता डा. सरद सिंह यादव, केन्द्रीय सचिव बिगु चौधरी, कार्यकारी सदस्य माधव सिंह, नेता भूपेन्द्र साह, पर्सा युवा अध्यक्ष उदय यादव लगायतको उपस्थिति रहेको कार्यक्रममा, नवप्रवेशी नेताहरूको स्वागत गर्दै पार्टीले स्थानीय मुद्दा समाधान र संगठन विस्तारमा उनीहरूको सक्रिय योगदानको अपेक्षा व्यक्त गर्‍यो।

जनमत पार्टीको अनुसार, वीरगञ्जजस्ता रणनीतिक क्षेत्रहरूमा प्रभावशाली व्यक्तित्वहरूको सहभागिताले पार्टीलाई स्थानीयस्तरमा अझ जनमुखी र विश्वासिलो बनाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *