वीरगन्ज :

बीरगन्जकाे भिष्वामा विश्व हिन्दू परिषद् नेपालद्वारा समिति गठन

श्रेणी : धर्म संस्कृति

1 month
Pradeep Sah
1.6kViews
1974 Shares

बीरगन्ज, १५ पुस । विश्व हिन्दू परिषद् नेपालले वीरगञ्ज महानगरपालिका– १५, भिष्वामा नयाँ वडा समिति गठन गरेको छ। हिन्दू समाजको एकता सुदृढ गर्दै धार्मिक जागरणलाई अघि बढाउने उद्देश्यले गठन गरिएको यो समितिले हिन्दू धर्मको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ ।

समिति गठन कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव नितेन्द्र कुमार सिंह, भिष्वामा महानगरपालिकाका प्रमुख ज्योति रूङटा, परिषद्का उपाध्यक्ष अमित टिब्रेवाल, प्रमुख चन्दन वणवाल, र सचिव दीपेन्द्र सराफको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष अमित टिब्रेवालले हिन्दू समुदायमाथि भइरहेको अन्याय र अत्याचारको कडा आलोचना गर्दै यस्तो व्यवहार सह्य नहुने चेतावनी दिए। उनले भने, “विश्वभरका हिन्दू एक परिवार हुन्। हिन्दूमाथि कुनै पनि प्रकारको दुर्व्यवहारलाई कडा जवाफ दिइनेछ ।”

समितिलाई “धर्मो रक्षति रक्षतः” भन्ने मूल मन्त्रका आधारमा हिन्दू समाजलाई एकताबद्ध गर्ने जिम्मेवारी दिइएको छ। नवगठित समितिले हिन्दू धर्म, संस्कृति, र परम्पराको संरक्षण गर्दै समुदायमा नयाँ उमंग र उत्साह थप्ने लक्ष्य लिएको छ ।

समाजमा छरिएर रहेका हिन्दूहरूलाई एकताबद्ध गर्ने यो पहलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हिन्दू एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। समितिका सदस्यहरूले हिन्दू समाजको उत्थान र धार्मिक चेतनाको विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *