वीरगन्ज :

बिहेको भोलिपल्टै बेहुला–बेहुली झुण्डिएकाे अवस्थामा फेला

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.8kViews
1215 Shares

काठमाडाैँ,२५ फागुन । नवविवाहित जोडी बिहेको भोलिपल्टै मृत फेला परेको हृदयविदारक घटना सार्वजनिक भएको छ। घटनास्थल अयोध्याको कैन्ट क्षेत्रको सहादतगञ्ज मुरावन टोल हो।

भारतीय सञ्चारमाध्यमका अनुसार ७ मार्चमा विवाह भएको बेहुला–बेहुली शनिबार बिदाइ भई नयाँ घर भित्रिएका थिए। तर, आइतबार बिहान ७ बजेसम्म पनि कोठाबाट ननिस्किएपछि परिवारका सदस्यहरूले ढोका ढकढक्याएका थिए।

जब ढोका खोल्न नसकिएपछि परिवारले बलपूर्वक ढोका फोरे, कोठाभित्र देखिएको दृश्य स्तब्ध पार्ने खालको थियो। बेहुली ओछ्यानमा मृत अवस्थामा थिइन् भने बेहुला पङ्खामा झुण्डिरहेका थिए।

दुवैलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी पनि अस्पताल पुगेको थियो।

बेहुला–बेहुलीको परिवार आइतबार रिसेप्सनको तयारी गरिरहेका थिए। तर, हर्षोल्लासको माहोल एकाएक शोकमा परिणत भयो।

मृत्युको कारण अझै खुलेको छैन र प्रहरीले घटनाको गहिरो छानबिन गरिरहेको छ। परिवारजन र स्थानीयबासी भने यो घटनाले स्तब्ध छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *