वीरगन्ज :

बिहान-बेलुकीको खाना आयात गरेर खान नपरोस् : कृषिमन्त्री अधिकारी

बिहान-बेलुकीको खाना आयात गरेर खान नपरोस् : कृषिमन्त्री अधिकारी

श्रेणी : कृषि

3 months
Pradeep Sah
2.4kViews
1994 Shares

काठमाडौं,२९ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कृषि अनुदान, रासायनिक मल, र धान उत्पादन २०८१/८२ को विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले “आयातको भरमा जीविकोपार्जन गर्नु हुँदैन” भन्ने धारणा राखे।

मन्त्री अधिकारीले भने, “हामी मन्त्रालयमा रहँदा कम्तीमा बिहान-बेलुकीको खाना आयात गरेर खानु नपरोस् भन्ने उद्देश्य छ। नेपालसँग निर्यात गर्नसक्ने पर्याप्त क्षमता छ, त्यसलाई प्रयोग गर्नुपर्छ।”

धान र मकै उत्पादनमा भएको वृद्धिलाई कृषकको मेहनतको परिणाम भन्दै उनले सरकारको मात्र श्रेय नभएको स्पष्ट पारे। “कृषकहरूले राम्रो मेहनत गरेकाले उत्पादन वृद्धि भएको हो। यो उपलब्धि उनीहरूको हो, यसका लागि कृषकलाई धन्यवाद दिन्छौं,” उनले भने।

मन्त्री अधिकारीले अनुदान लिएर कृषि कर्म नगर्नेहरूलाई कारबाही गर्न मन्त्रालयले विशेष टिम गठन गरेको बताए। “कसले अनुदान पायो, कति ठूलो रकम पायो, र त्यो रकमको उपयोग कसरी भयो भन्ने बारेमा अनुसन्धान हुँदैछ। गलत प्रयोग गर्नेहरूलाई कारबाही हुन्छ,” उनले चेतावनी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *