वीरगन्ज :

बिश्रामपुर नयाँ वडा कार्यालयको पूर्वमन्त्री सोनलद्धारा शिलान्यास

श्रेणी : अर्थ

9 months
Pradeep Sah
2.5kViews
1249 Shares

बीरगन्ज,१५ वैशाख । बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरमा नयाँ वडा कार्यालय भवन निर्माणको थालनी भएको छ। पूर्वमन्त्री जितेन्द्र सोनलले एक विशेष समारोहका बीच आज भवनको शिलान्यास गरे।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष जुबेर अलि भुट्टो (जुबेर भाई), वडा सदस्य मदन यादव, कार्यवाहक वडा अध्यक्ष लालझरी देवी, साथै स्थानीय अगुवा तथा वडाका सदस्यहरूको उपस्थिति थियो।

यो भवन मधेश प्रदेश सरकारको २५ लाख रुपैयाँको बजेट सहयोगमा निर्माण हुन लागेको हो। पूर्वमन्त्री सोनलको पहलमा बजेट सुनिश्चित भएको जनाइएको छ।

शिलान्यासपछि मन्तव्य दिँदै पूर्वमन्त्री सोनलले नयाँ भवनले स्थानीयवासीलाई सरकारी सेवा लिन सजिलो बनाउने विश्वास व्यक्त गरे। गाउँपालिका अध्यक्ष भुट्टोले पनि पूर्वमन्त्री सोनलको योगदानको सराहना गर्दै निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *