श्रेणी : BANNER
वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएकाे छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहिबार दिउसाे १ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.६ लोहारपट्टी सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको ट्रक नियन्त्रण लिइएकाे हाे ।
सूचनाकाे आधारमा मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
उक्त ट्रकमा रहेकाे लत्ताकपडा तथा खुद्रा सामानहरूकाे रू. एक करोड दुई लाख ४६ हजार ७ सय ५९ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । कालिका टाईम्स
प्रतिक्रिया