वीरगन्ज :

बिल बिजकभन्दा बढी मूल्यकाे सामग्री बोकेकाे ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1242 Shares

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट बिल बिजकभन्दा बढी मूल्य बराबरको सामग्री बोकेर नेपालका विभिन्न स्थानका छुटेको तिन वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट कैलाली, सुनसरी तथा काठमाडौँका लागि छुटेका तिन वटा ट्रकलाई बिल बिजकभन्दा बढीको सामग्रीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले वताए ।

वीरगंज महानगरपालिका – ८ घण्टाघरबाट ना.४ ख ८३१८, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १४ र १५ प्रतिमा चोकबाट एनएल-०१-जी-१८८६ नम्बरको ट्रकहरूलाई रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामग्री तथा माल बस्तुहरू बरामद भएको डिएसपी थापाले जानकारी दिए ।

बरामद सामग्रीको प्रहरीले एक करोड ८९ लाख ९७ हजार २ सय ८७ रुपैयाँ अनुमानित मूल्याङ्कन गरेर समान र ट्रकलाई थप अनुसन्धानको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको उनले वताए ।

समान कसको र कुन ट्रान्सपोर्ट कम्पनी रहेको विषयमा प्रहरीले केही जानकारी भने उपलब्ध गराएको छैन । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *