वीरगन्ज :

बिरुवा टोलमा अशोक टेमानीको घरदैलो अभियान, विकासको स्पष्ट योजना प्रस्तुत

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.1kViews
1795 Shares

वीरगंज (पर्सा), २० माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले चुनावी अभियानलाई जनतामाझ केन्द्रित गर्दै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका टेमानीले पर्सागढी नगरपालिका वडा नम्बर–३ अन्तर्गत बिरुवा टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।

घर–घरमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै उनले विकासका योजना र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । भेटघाटका क्रममा टेमानीले क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना, अनुभव र इमानदारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन् ।

स्थानीय बासिन्दासँगको संवादका क्रममा सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीसँग सम्बन्धित विषयमा छलफल भएको थियो । स्थानीयले क्षेत्रको दीर्घकालीन विकासका लागि व्यावहारिक योजना आवश्यक रहेको धारणा राखेका थिए ।

टेमानीले समृद्ध पर्सा निर्माणका लागि जनताको सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विकासलाई कागजी योजनामा सीमित नराखी कार्यान्वयनमुखी बनाउन आफू सक्रिय रहने बताएका छन् ।

घरदैलो कार्यक्रममार्फत मतदातासँग नजिकिँदै उनले यसपटकको निर्वाचनलाई क्षेत्रको विकासको दिशामा नयाँ अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *