श्रेणी : BANNER
बिरगंज, पर्सा । बिरगंज रिपोर्ट डटकमका संवाददाता स्मिथ सिंह सिमराबाट रिपोर्टिङ गरी फर्कँदै गर्दा सडक दुर्घटनामा परेका छन्। फर्कने क्रममा उही दिशाबाट आइरहेको ना.६ ख. ३०४७ नम्बरको ट्रकले सिंह सवार स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटना बहूवरि-१४ स्थित सौदागर पेट्रोलपम्प अगाडि भएको बताइएको छ। ठक्कर दिएपछि ट्रक चालक घटनास्थलबाट फरार भएको र त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्सा, ट्राफिक प्रहरी तथा गण्डक प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्राथमिक अनुसन्धानमा ट्रक चालकले मानवीय संवेदनाविपरीत व्यवहार गरेको देखिएको छ। घटनामा संलग्न ट्रक र स्कुटर हाल गण्डक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
घटनामा घाइते भएका पत्रकार स्मिथ सिंहलाई तत्काल उपचारका लागि तराई अस्पताल लगिएको थियो। उपचारपछि उनी सामान्य अवस्थामा घर फर्किएका छन्।
उक्त दुर्घटनाको प्रत्यक्ष उपस्थितिमा पत्रकार अनुज गुप्ता, प्रदीप साह र उद्भव गुप्ता रहेका थिए।

प्रतिक्रिया