वीरगन्ज :

बिरगंजमा भोलि बिहान १२ बजे सम्म कर्फ्यु

श्रेणी : BANNER

6 months
Pradeep Sah
2.6kViews
1072 Shares

वीरगंज, ३० चैत – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। हनुमान जयन्तीको शोभायात्राको क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो।

मंगलवार हनुमान जयन्तीको अवसरमा दिउँसो हिन्दूवादी संघसंस्थाले निकालेको शोभायात्राका क्रममा वीरगंजको छपकैयास्थित मस्जिद चौकमा दुई समूहबीच झडप भएको थियो।

झडपको क्रममा केही दुईपांग्रे सवारी साधन तथा खाजा पसलहरूमा तोडफोड र आगजनी गरिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

साम्प्रदायिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार बेलुका ६:३० बजेदेखि बुधवार दिउँसो १२:०० बजेसम्मका लागि वीरगंज आसपासको चार किल्ला क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

पूर्वमा भेडिहारी चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, सेमिनार, जुलुस, भेला, घेराउ, बैठक तथा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *