श्रेणी : BANNER
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदैछन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन उनी बैंकक जान लागेका हुन् ।
मन्त्री साउद आज दिउँसो साढे १ बजे थाई एयरको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट यही जुलाई १७ मा बैंककमा हुँदै छ । थाइल्यान्ड हाल बिम्स्टेकको अध्यक्ष राष्ट्र हो । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो ।
बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुनेछ । परराष्ट्रमन्त्री साउद आगाी मंगलबार दिउँसो स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया