वीरगन्ज :

बिदेशबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1063 Shares

वीरगंज । बारा प्रहरीले युएसएबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ३ बजे ३ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा खटिएकाे प्रहरीले लागु औषधसहित वीरगंज महानगरपालिका वडा नं.१ सिसवा बारी निवासी २२ बर्षिय नैमोदिन मियाँ, बजार छपकैया निवासी २७ बर्षिय जितेन्द्र साह सोनार र २२ बर्षिय कृष्णा सराफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेकाहरुकाे साथबाट पप्पकर्न मिक्स ट्रियाे लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तिन प्याकेट, ओल्ड फैस्नेड ओएट्स लेखिएकाे डब्बा भित्र गाँजा १ प्याकेट र क्युक ओएट्स लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

कलैया उप-महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको उक्त कार्टुन समेत लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *