श्रेणी : मधेस
वीरगंज (पर्सा), १५ असार । वीरगंज हेल्थ केयर हस्पिटलकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हस्पिटल परिसरमै आयाेजित कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय १५ जनाले रक्तदान गरेका हुन् ।
रगत दान गर्नेहरुमा हस्पिटलका चिकित्सकहरु डाक्टर नाजदा खातुन, डाक्टर फिरोज अफजल, डाक्टर इल्ताफ अन्सारी, डाक्टर नौशाद आलम, डाक्टर विष्णुकान्त तिवारी, डाक्टर अजय महत्तो, डाक्टर धिरज, स्टाप नर्स विन्ध्या प्रधान, खुश्बु नेशाल निशा चौधरी, शारजाह खातुन, ज्योति श्रेष्ठ, रेडियोलोजी प्राविधिक अफसर आलम, हासिम अन्सारी, वीरगंज–१४ का वडाध्यक्ष महबुब इलाही, स्टार क्लबका शम्शाद अली लगायतका रहेको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहैस अन्सारीले जानकारी दिए ।
यसैगरी बृहस्पति फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा ४ महिला सहित २९ जनाले रक्तदान गरेका छन् । वीरगंजकाे माइस्थानमा भएकाे कार्यक्रममा स्वस्तिका चाैधरी, धिरज गुप्ता, रिसु पटेल, राहुल बर्णवाल, विजय साह, सुजिता राउत, अमाेद प्रसाद गुप्ता लगायतले रक्तदान गरेका हुन् ।
त्यसै गरि नवजन कल्याण युवा संजाल वीरगंजद्वारा वीरगंजकाे आदर्शनगरमा आयोजित कार्यक्रममा ४ महिला सहित ३८ जना, सामाजिक सेवा संस्था बिश्रामपुर गाउँपालिका ५, इटियाहीद्वारा आयाेजित कार्यक्रममा २६ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
प्रतिक्रिया